back
CTIZAN AD

भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप दिन शुरु

वि.सं.२०७७ माघ २८ बुधवार

726 

shares

२८ माघ, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ ।

हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपिआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपिआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।

राष्ट्रिय पिपिआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताए । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिइरहेका छन् ।

महामारीका रूपमा फैलिन सक्ने पिपिआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पिपिआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उनले भने, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।”

पिपिआरविरुद्धको खोप सातवटै वडामा सात दिनसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । हप्ता दिनको अवधिमा खसीबाख्रा तथा भेडापालक किसानले सम्बन्धित वडाका जनप्रतिनिधि एवं पशु प्राविधिकसँग समन्वय गरेर खसीबाख्रा र भेडालाई खोप दिनसक्ने गाउँपालिकाले जनाएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआरविरुद्धको खोप निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख राईले बताए । गत वर्ष पिपिआर रोगका कारण वडा नं २ डाँडागाउँका दीपेन्द्र श्रेष्ठको सुनगाभा कृषि तथा बाख्रा फार्मको एक बोयर बोकासहित २२ बाख्रा मर्दा खोर नै रित्तिएको थियो ।

यसअघि जन्तेढुङ्गा र खोटाङ गाउँपालिकाका किसानले पालेको बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित थिए । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुने, छेर्नेलगायतका लक्षण देखिएको केही दिनमै बाख्रा मर्ने गरेको किसानले बताएका थिए ।

अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानको खोर नै रित्तिएको स्थानीय बासिन्दाले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । स्थानीय तह लागू भएपछि जिल्लाका अधिकांश किसानले व्यावसायिकरूपमा बाख्रापालन शुरु गरेका छन् ।
रासस

वि.सं.२०७७ माघ २८ बुधवार ११:१७ मा प्रकाशित

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...