back
CTIZAN AD

४० वर्ष मुनिका महिलालाई भिजिट भिषामा कडाई गरिँदै

वि.सं.२०७७ माघ २८ बुधवार

729 

shares

२८ माघ, काठमाडौँ । ४० वर्ष मुनिका महिलालाई भिजिट भिषामा कडाई गरिँदै छ  ।

अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। संशोधन प्रस्ताव  पास भए ४० वर्ष मुनिका महिलालाई एक्लै विदेश भ्रमणमा जाँदा वडा कार्यालयको सिफारिसका साथै पारिवारिक सहमति लिनु पर्ने नीति बन्दैछ ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू अब एक्लै विदेश वडा कार्यालयको र पारिवारिक सहमति विना जान नपाइने भएको छ ।

मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको जस्तो अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ। विदेशमा अलपत्र परेकाहरुलाई उद्दारमा समेत कठिनाई हुने भएकाले उनीहरुको रेकर्ड स्थानिय तहमा राख्न वडा कार्यालयको सिफारिस अनिवार्य गराइएको हो ।

यसले मानव तस्करी र शोषणमा परेका महिलाहरुलाई उद्धार गर्न सजिलो हुने विभागले जनाएको छ । यो कार्यविधि चाँडै नै लागू हुने जनाइएको छ ।

त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्नेछ। ४० वर्षमुनिका महिला परिवारका सदस्य वा श्रीमानसँग भ्रमणमा जाँदा भने पालिकाको सिफारिस र बिमा अनिवार्य छैन।

वि.सं.२०७७ माघ २८ बुधवार २०:४० मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...