back
CTIZAN AD

पहिलो टि-२० मा पाकिस्तानले निकाल्यो रोमाञ्चक जित, मोहम्मद रिजवानले गरे सतक प्रहार

वि.सं.२०७७ माघ ३० शुक्रवार

723 

shares

३० माघ, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिच लाहोरमा भएको पहिलो टि-२० मा पाकिस्तानले ३ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । पाकिस्तानका लागि ब्याटिङ्गमा मोहम्मद जिवानले आफ्नो टि-२० करियरको पहिलो सतक जडेका थिए । उनी ६४ बल खेल्दैँ १०४ रन बनाएर नटआउट रहेका थिए । त्यसक्रममा उनले ७ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसैगरि बलिङ्गमा दक्षिण अफ्रिकाका लागि फेलेकुवायोले सर्वाधिक २ विकेट लिएका थिए ।

पाकिस्तानले दिएको १७० रनको लक्ष्य दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ५४ रन बनाएका थिए भने पाकिस्तानका लागि बलिङ्गमा ह्यारीस रौफ र उसमान कादिरले सर्वाधिक २/२ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तानले ३ खेलको टि-२० श्रृखलामा १ ० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ११:५६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...