back
CTIZAN AD

किसानलाई आधुनिक प्रविधिको उखुखेती गर्न सिकाइदैँ

वि.सं.२०७७ माघ ३० शुक्रवार

615 

shares

३० माघ, कञ्चनपुर । कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।

उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखुखेतीबारे किसानलाई जानकारी दिने शुरु भएको छ ।
भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली सुगर इन्डष्ट्रिजका व्यवस्थापक सिडी पाण्डेयले जानकारी दिए ।

“भारतीय विज्ञको घुम्ती टोली परिचालन गरी किसानलाई उखुको उत्पादन बढाउनका लागि जानकारी दिने कार्य गरिरहेका छौँ”, उनले भने, “खेत तयार गर्ने, उखुको बीउ तयार गर्ने, रोप्ने, मलखाद, सिँचाइलगायतको व्यवस्था गर्नेलगायतका कार्य विज्ञले सिकाउने गरी रहेका छन् ।”
त्यससँगै रोग किरा पहिचान गर्ने र निदान गर्ने तरिकासमेत सिकाउने कार्य भइरहेको उनले बताए । हावाहुरीबाट उखुलाई बचाउनका लागि बोटलाई कसरी बाध्ने र काट्दा ध्यान पु¥याउनुपर्ने कुरासमेत विज्ञहरुले किसानलाई जानकारी दिँदै आएका छन् ।

उखुखेतीमा भारतमा प्रयोग भइरहेको प्रविधिको प्रयोग र उखुका बढी उत्पादन दिने जात पहिचान गरी उखुको उत्पादनमा बढोत्तरी गर्नका घुम्ती तालीम उपयोगी हुने एमरेड परियोजनाका कञ्चनपुरका प्रमुख महेश घिमिरेले बताए ।

उनका अनुसार हालसम्म बेलडाँडी, बेलौरी र लालझाडीका किसानलाई भारतीय विज्ञको टोलीले एकदिने उन्नत उखुखेतीबारे तालीम दिएका छन् । उखुखेती हुने अन्य ठाउँका किसानलाई समेत तालीम दिइने उनले बताए । जिल्लामा रहेका दुई वटा सुगर इन्डष्ट्रिजलाई उखुको अभाव रहेको छ । उखुको अभावमा इन्डष्ट्रिज पूर्ण क्षमताका साथ चल्न सकेका छैनन् ।

किसानलाई उन्नत जातका उखुखेती गरी उत्पादन बढाउनका लागि पाँच वटा ‘टि’ बारेमा समेत जानकारी दिने कार्य भइरहेको छ । पाँच ‘टि’ मा समयमा उखु रोप्ने, ट्राइकोड्रमा विषादीको प्रयोग गर्ने, ट्रेञ्च प्रविधिमा उखु रोप्ने, उखुको बीउ उपचार गर्ने, उखुको टुप्पोतिरको भागलाई बीउका रुपमा प्रयोग गर्ने रहेका छन । पाँच ‘टि’लाई ध्यान दिए मात्रै उखुको उत्पादन बढाउन सकिने उखु विज्ञको भनाइ रहेको छ ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका सचिव चेतन राई पुरानो प्रविधिले उखुको उत्पादनलाई बढाउन नसकिने भएकाले नयाँ प्रविधिको प्रयोग उखुखेतीमा गर्नुपर्ने बताउँछन् । “नयाँ प्रविधिबारे जानकारी लिनकै लागि विज्ञको टोलीलाई बोलाएका छौँ”, उनले भने, “पुरानो प्रविधिबाट नयाँ प्रविधिमा उखु किसान रुपान्तरण हँुदै आए पनि अझै नयाँ प्रविधिको प्रयोग र उखुको उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्नेबारे चिन्तन मनन् गर्नका लागि भारतीय विज्ञ टोलीलाई पहिलो पटक डाँकेका हौँ ।”

जिल्लामा उखुको उत्पादन ४० लाख क्विन्टल हुँदै आएको छ । सञ्चालन हुँदै आएका सुगर इन्डष्ट्रिजलाई ६० लाख क्विन्टल उखु आवश्यक छ । उखुको उत्पादन बढाउने कार्यसँगै क्षेत्रफल विस्तार गरिए मात्रै सुगर इन्डष्ट्रिजलाई आवश्यक उखु आपूर्ति गर्न सकिने सचिव राईको भनाइ रहेको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १४:३४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...