२ फागुन, काठमाडौँ । चेन्नाईमा चलिरहेको भारत र इंल्याण्ड बिचको दोस्रो टेस्टको पहिलो इनिङ्गमा भारत ३२९ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको भारत ९५.५ ओभरमा ३२९ रन बनाएर आउट भएको हो । भारतका लागि ब्याटिङ्गमा रोहित शर्माले आफ्नो टेस्ट करियरको सातौँ सतक जडेका थिए । उनले २ छक्का र १८ चौका प्रहार गर्दै १६१ रन बनाएर आउट भएका थिए ।
त्यसैगरी भारती टिमका उपकप्तान अजिंक्य राहणे ६७, चेतेश्वर चुजरा २१, रविचन्द्र अश्विन १३, अक्सन पटेल ५, मोहम्मद सिराज ४, शुभमन गील ०, विराट कोहली ०, इशांत शर्मा ० र कुलदिप यादव ० रन बनाएर आउट भएका थिए । त्यसैगरी रिषभ पंत ७७ बल खेल्दैँ ५८ रन बनाएर नटआउट रहेका थिए । उनले आफ्नो ५८ रनको पारी ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।
इंल्याण्डका लागि बलिङ्गमा भने मोइन अलिले सर्वाधिक ४ विकेट निकालेका थिए भने ओली स्टोनले ३, ज्याक लिचले २ र जो रुटले १ विकेट निकालेका थिए ।
वि.सं.२०७७ फागुन २ आइतवार १०:३७ मा प्रकाशित




























