back
CTIZAN AD

सपना रोका मगरले दिइन् बिनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

वि.सं.२०७७ फागुन २ आइतवार

618 

shares

२ फाुगन, काठमाडौं । बेवारिसेहरुको शब व्यवस्थापन गर्दै आएकी सपना रोका मगरले विनयजंग वस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।

केही दिनदेखि विभिन्न युट्वमा आफ्नो प्रतिक्रिया दिने क्रममा बस्नेतले रोकाको नांगो फोटो र भिडियो सार्बजनिक गरिदिने धम्की दिएपछि रोका मगरले बस्नेतविरुद्ध महानगरीय प्रहरी प्रभागमा आइतबार जाहेरी दिएकी हुन् ।

रोका मगरले जाहेरी दिइसकेको र अदालतबाट पक्राउ पुर्जी आएपछि बस्नेतलाई पक्राउ गरिने परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

सपनाले बस्नेतविरुद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको बताएकी छन् ।

स्मरण रहोस् बीबीसीकी प्रभावशाली महिलाको सूचीमा समेत परेकी सपना रोका मगर र बिनयजंग बस्नेतले यसअघि एउटै संस्थामा रहेर विभिन्न ठाउँमा रहेका वेवारिसे शबहरुको व्यवस्थापन गर्दै आएका थिए ।

सोहि क्रममा बस्नेत र रोकाबीच विभिन्न कारणले विवाद बढेपछि रोकाले बस्नेतलाई छोडेर गत कात्तिकमा आफ्नो जन्मथलो म्याग्दी गएकी थिइन् । म्याग्दीमै रहेका बेला प्रभावशाली महिलाको सूचीमा परेकी उनले माघमा आफ्नो छुट्टै संस्था दर्ता गरेर वेवारिसेको शब व्यवस्थापन गर्दै आएकी छन् । यसअघि सपनाका बुवा आमाले पनि एक युट्युव च्यानललाई अन्तवार्ता दिँदै सपना माथि बस्नेतले छोरी भन्दै दुव्र्यवहार गरेको बताएका थिए ।

वि.सं.२०७७ फागुन २ आइतवार १३:५० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...