२ फागुन, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको माघ २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
।
जसमध्ये २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) रहेको छ ।
।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
यस्तो छ संस्थाले प्रकाशन गरेको सूचना :

वि.सं.२०७७ फागुन २ आइतवार १६:२५ मा प्रकाशित





























