back
CTIZAN AD

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ असार २६ शुक्रवार

222 

shares
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
बैंकले उक्त अवसरमा केन्द्रिय कार्यालय डिल्लीबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त रक्तदानमा उत्साहजनक सहभागिताका साथ रक्तदान कार्यक्रम  सम्पन्न भयो ।  बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा २० बर्ष भन्दा बढी बिभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गर्नु भएका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । सञ्चालक समितिका सदस्यज्यूहरु र ब्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई,प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सयुक्तरुपमा कर्मचारीहरुलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गर्नुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पुर्णमा शुभ कामना सहित स्वागत मन्तब्य राख्नु भएको थियो । सञ्चालक केशव खतिवडाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । साथै अध्यक्ष चिन्तामणी भट्टराईले सम्पुर्ण ग्राहक,शेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना प्रदान गर्नु भयो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०८३ असार २६ शुक्रवार ११:०० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...