back
CTIZAN AD

अपहेलना मुद्दा : लिखित जवाफ लिएर सर्वोच्च अदातल पुगे चार पूर्वप्रधानन्यायाधीश

वि.सं.२०७७ फागुन ३ सोमवार

858 

shares

फागुन ३, काठमाडौं । अपहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु लिखित जबाफ लिएर सर्वोच्च अदालत पुगेका छन् । अदालतले लिखित रुपमै जवाफ दिन आदेश गरेपछि पूर्वप्रधान्यायाधीशहरु कल्याण श्रेष्ठ, मिनबहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्की अदालत पुगेका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसको प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

गत पुस २४ मा चार पूर्वप्रधानन्यायाधीशले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको बताएका थिए । विज्ञप्तीमार्फत उनीहरुले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नमिल्ने जिकिर गरेका थिए ।

‘स्पष्ट रूपमा संविधानले अधिकार दिएकामा बाहेक प्रतिनिधिसभा विघटन गर्ने अधिकार आफूमा अन्तर्निहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने देखिँदैन’, पूर्वन्यायाधीशहरुको विज्ञप्तीमा भनिएको छ ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा विचाराधिन अवस्थामा छ ।

यस्ताे थियाे चार पूर्वप्रधानन्यायाधीशले निकालेकाे संयुक्त विज्ञप्ती

वि.सं.२०७७ फागुन ३ सोमवार १३:०९ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...