३ फागुन बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्वाचन आयोगले नेकपाको कुन समूहलाई बैद्यता दिने भन्ने बारेमा अहिलेसम्म निर्णय नगरेको भन्दै आलोचना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद् विघटनलाई असंबैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोध गर्दै आएको कांग्रेसले सोमबार देशका ७७ वटै जिल्लामा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बुटवलको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचन आयोगले ६ महिनाभित्रै चुनाव गराउनु पर्ने बताएका थिए ।

उनले अदालतले संसद पुर्नस्थापना तथा चुनाव जे निर्णय गर्छ आफूहरु दुवै मान्न तयार रहेको बताउँदै उनले प्रधानमन्त्रीले संसद विघटन गरेको ६ महिनाभित्रै निर्वाचन आयोगले चुनाव गराइसक्नुपर्ने बताए ।
निर्वाचन आयोगले नै चुनाव नगराउने भन्नेमा लागेको हो कि भन्नेमा शंका गर्नुपर्ने स्थिति आएको भन्दै सभापति देउवाले भने–‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’
उनले नेकपाको कुन समूह आधिकारीक हो भन्ने निर्णय गर्न आयोगले ढिलाई गरेको भन्दै चुनाव चिन्ह्का लागि नेकपाको दुवै समूहले गरेको झगडामा निर्वाचन आयोगले चुनाव चिन्ह् दिन किन आनाकानी गरिरहेको भन्ने प्रश्न समेत गरेका थिए ।

वि.सं.२०७७ फागुन ३ सोमवार १६:५१ मा प्रकाशित































