back
CTIZAN AD

मध्यपुर थिमीमा कराते एकेडेमी

वि.सं.२०७७ फागुन ५ बुधवार

633 

shares

५ फागुन, काठमाडौँ । नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ । मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो ।

एकेडेमीका बारेमा प्रकाश पार्दै कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले करातेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए । एकेडेमी र ट्रेनिङ हलका लागि करिब ८० लाख खर्च हुने बताउदै अझै केहि काम बाँकी रहेको बताए ।

मध्यपुर थिमी नगरपालिका वडा ४ को वप्पास्थित निर्माण गरिएको एकेडेमी भवन ४२ फिट लम्बाइ र ३२ फिट चौढाइ रहेको छ । २ वटा भवनलाई सिनियर र जुनियर खेलाडीका लागि प्रयोग गरिने बताइएको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । उनले आफू पनि पूर्व खेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेले एकेडेमी स्थापन गर्ने कार्यको प्रशंसा गर्दै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । एकेडेमीका अध्यक्ष सजन श्रेष्ठले सबैको साथ र सहयोगले निर्माण सम्भव भएको बताए ।

वि.सं.२०७७ फागुन ५ बुधवार ११:०१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...