back
CTIZAN AD

प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

वि.सं.२०७७ फागुन ५ बुधवार

549 

shares

५ फागुन, काठमाडौं । प्रदेश नं १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको सो समझदारी पत्रमा प्राधिकरणको तर्फबाट निर्देशक डा सरोज कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

प्रदेशमा हालै मात्र गठन भएको प्राधिकरणले ६० वटा योजना पहिचान गरी सूचीकृत गरिसकेको छ भने यसमा लगानी स्वदेशी तथा विदेशी लगानी कम्पनी सहभागी हुने भनिएको छ । सीमित साधन र स्रोतले प्रदेशको आकांक्षा पूरा गर्न समस्या हुने भएकाले नै लगानी प्राधिकरण गठन गरिएको छ र यसबाट स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को विकास र समृद्धिको बाटोमा लगानीकर्ताको ध्यान केन्द्रित भएको बताएका छन् । उनले लगानी तथा वित्तीय व्यवस्थापनमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । सूचीकृत योजनालाई मूर्तरुप दिन इन्फ्रास्ट्रक्चर बैंक र प्राधिकरणले सही मार्गमा लैजाने बताउँदै मुख्यमन्त्री राईले प्रदेशमा पहिलोपटक प्राधिकरण गठन भएको जानकारी दिए ।

सो अवसरमा बैंक कार्यकारी अधिकृत खतिवडा र प्राधिकरणका निर्देशक कोइरालाले प्रदेशको सूचीकृत योजनालाई समयमै सम्पन्न गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने बताए । मुलुकको आर्थिक विकासका लागि पूर्वाधार परियोजनालाई आवश्यक सहयोग पु¥याउने उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित बैंकले अन्य प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने बताइएको छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार ११:०६ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...