back
CTIZAN AD

गाउँपालिकाले सुत्केरी गाईलाई २ हजार भत्ता दिँदै

वि.सं.२०७७ फागुन ५ बुधवार

660 

shares

५ फागुन, काठमाडौं । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ ।

पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७५/७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ ।

दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुुहुनो भएमा) रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए । सो कार्यक्रम अन्तर्गत गएको वर्षमा एक हजार दुनो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताए ।

एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जनाएको छ ।

गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताए । गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत रु एक हजार १०० दरले दुई हजार पशुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा रु छ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जागर हुने पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी सीताराम गौतमले बताए । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताए । उनले भने, “गाउँपालिकाले दिएको दुहुनो गाई प्रोत्साहन भत्ताले दुहुनो गाईको लागि दाना र नून दिन पुगेको छ ।” गाउँपालिकाभित्र सङकलन भएको दुग्ध छुर्पी साथै दुग्धजन्य पदार्थ इलाम पु¥याएर बिक्री वितरण गर्दै आएको सिंहदेवी दुग्ध डेरी सञ्चालकसमेत रहेको गौतमले बताए ।

नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी भएका छन् । राईले भने, “मेरो गाई सुत्केरी हुन नसकेर मरेको थियो । गाउँपालिकाले बीमाबापत रु ३४ हजार दियोे ।” विगतका दिनमा पशु मरे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा पशु बीमा गरिदिएपछि आर्थिक क्षति हुनबाट जोगिएको राईले बताए ।

विकास निर्माण क्षेत्रमा मात्र ठूलो लगानी गर्दा जनजीवनमा आर्थिक विकास हुन नसक्ने भएकाले प्रत्येक घरपरिवारमा उद्यमी बनेर आयआर्जन गर्नको लागि किसान प्रोत्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए । उनले भने, “गाउँपालिकाका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणको लागि गाउँपालिकाले सहजीकरण गर्ने योजनामा छौँ ।” प्रत्येक परिवारले गाईभैँसी दुहुनो पाल्न थाले पौष्टिक तत्व प्राप्त हुने र परिवार नै स्वस्थ हुने भएकाले पनि पशुपालकलाई पालिकाले प्रोत्साहन गरेको उपाध्यक्ष ताम्लिङले बताए । गाईपालनबाट प्राङ्गारिक मल उत्पादन हुने भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

दुग्धजन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक रु ५० हजार भित्रिने गरेको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । विगतमा सीमित घरपारिवारले मात्र दुहुनो गाई पाल्दै आएको थियो । स्थानीय सरकार आएसँगै कृषि क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहनका साथै बीमा कार्यक्रमले पशुपालक उत्साहित हुँदै गएको सिदिङ्वा गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेवेले बताए । गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पु¥याउने गरेको डेरी सञ्चालक राजेन्द्र कडरियाले बताए ।

गाउँपालिकाभित्र प्रायः सबै घरपरिवारमा दुहुनो गाईपालन थाल्नेको सङ्ख्या बढ्दै गएको पशु शाखाको तथ्याङ्कमा छ । गत माघ मसान्तसम्ममा सिदिङ्वा गाउँपालिकामा ९६७ वटा दुहुनो गाईबाट चार दशमलव पाँच मेट्रिक टन, ७५८ वटा भैँसीबाट दुई मेट्रिक टन र १५० चौँरीबाट एक मेट्रिक टन दुग्ध पदार्थप्रति महिना उत्पादन हुँदै आएको छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १४:०६ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...