६ फागुन, काठमाडौं । विगत केहि महिना देखि निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज ६०० रुपैँयाले ओरालो लागेको छ । बुधबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको ।
बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३३५ रुपैँयामा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन ६ बिहीवार ११:१६ मा प्रकाशित





























