back
CTIZAN AD

प्रदेश प्रमुख कलौनीले दिए ‘प्रजातन्त्र दिवस’को शुभकामना

वि.सं.२०७७ फागुन ७ शुक्रवार

960 

shares

७ फगुन, कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले आज मुलुकभरि मनाइँदै गरेको ‘७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ नेपालमा १०४ वर्ष लामो निरंकुश जहाँनिया राणा शासन अन्त्य भई नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको रूपमा स्मरण गरेका छन् । उनले प्रजातन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो ।”

सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकजुट हुनुपर्नेमा जोड दिएका उनले दिवसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।
रासस

वि.सं.२०७७ फागुन ७ शुक्रवार १०:५१ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...