back
CTIZAN AD

कृषिमा लगानी बढाउँदै भीमदत्त नगरपालिका

वि.सं.२०७७ फागुन ७ शुक्रवार

705 

shares

७ फागुन, कञ्चनपुर । कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ ।

तीन वर्षका अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी रु एक करोड ९१ लाख दुई हजार ६२० रकम अनुदानका रुपमा किसानलाई उपलब्ध गराएको छ ।

आव २०७४/७५ मा रु दुई लाख ५५ हजार ६२०, आव २०७५र७६ मा रु ५४ लाख ४७ हजार र आव २०७६/७७ मा रु एक करोड ३४ लाख रकम तीन वर्षको अवधिमा लगानी गरिएको छ । किसानलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले उन्नतजातको गहँु बीउ दुई हजर ४०० किसानलाई वितरण गरिएकोमा जसबाट १७७ मेट्रिक टन गहँु उत्पादन भएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

उनका अनुसार च्याउ उत्पादन बढाउन ७५५ लाई अनुदानमा बीउ उपलब्ध गराई जसको उत्पादन ८७५ किलो भएको छ । नयाँ तीन हजार ५०० किसान च्याउ खेतीमा आवद्ध भएका छन् । मह उत्पादन बढाउन घारमा तथा माछामा आत्मनिर्भर बनाउन किसानलाई पोखरीलगायत पूर्वाधार निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको छ । “केराखेतीमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ”, उनले भने, “अनुदान पाएका किसानले ९६ हेक्टर क्षेत्रफलमा केराखेती गरेका छन् । दुई लाख फलफूल तथा तरकारीका बिरुवा उत्पादन गरी ३५ हजार घरधुरीलाई वितरणसमेत गरेका छौँ ।” नगरपालिकाले कृषिमा आत्मनिर्भरता कायम गर्ने तथा आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको छ ।

आव २०७४/७५ मा नगरपालिकाले आफ्नै लगानीमा दुई ठाउँमा बेमौसमी तरकारी खेतीका लागि ६० हजार बेर्ना उत्पादन गरी दुई हजार ५०० किसानलाई निःशुल्क वितरण गरेको थियो । सोही आवमा पाँच बिघा क्षेत्रफलमा गरिएको केरा खेतीमा थोपा सिँचाइका लागि किसानलाई अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको कृषि शाखाका कर्मचारीको भनाइ छ ।

“दश बिघा क्षेत्रफलमा नयाँ मत्स्य पोखरी निर्माण गरी ४०० क्विन्टल माछा उत्पादन गरिएको थियो”, शाखाका कर्मचारीले भने । नगरपालिकाकै सहयोगमा किसानले ५०० आधुनिक मौरी घार निर्माण गरिएकोमा सोबाट एक हजार किलोमह उत्पादन भई रु पाँच लाख बराबरको आयआर्जन गरिएको छ । आवश्यकताका आधारमा सोही अवधिमा किसानलाई घुम्ती तालीमसमेत दिईएको थियो ।

“आव २०७५÷७६ मा कृषिउपजको उत्पादन भण्डारण र बजारीकरणको व्यवस्था गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने नीति ल्यायौँ”, नगर प्रमुख बिष्टले भने, “कृषि उत्पादनमा रासायनिक मल तथा हानीकारक कीटनाशक औषधिको प्रयोगलाई निरुत्साहित गर्दै जलवायुमैत्री, आइपिएम तथा अर्गानिक तरकारी खेती विस्तार कार्यलाई प्रोत्साहन गरेका छौँ ।” नगरपालिकामा बसोवास गर्ने २४ किसानलाई ४५ कट्टामा लसुन खेतीका लागि अनुदान रकम उपलब्ध गराई एक हजार ५०० किलो लसुन उत्पादन गरिएको छ ।

सोही अवधिमा ३२ कट्टामा प्याज उत्पादनका लागि अनुदान रकम उपलब्ध गराई एक हजार ६०० किलो प्याज उत्पादन गरिएको छ । निर्धारित लक्ष्यअनुसार २५० स्थानको माटो परीक्षण गरी खाद्यतत्वको उचित व्यवस्थापन गर्न माटो सुहाउँदो खाद्य तथा नगदे बाली खेतीमा जोड दिने कार्यसमेत गरिएको छ । गोठ सुधार कार्यक्रमअन्तर्गत २५ कृषकलाई अनुदान दिइएको छ । आव २०७४र७५ अनुदान पाएका किसानले ५०० क्विन्टल माछा उत्पादनसँगै ४० जनालाई रोजगारी दिएका छन् ।

माटो सुहाउँदो खेती गरी आम्दानी गर्नका लागि आव ०७६र७७ मा एक वडा एक कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको छ । जुन कार्यक्रम चालु आवमा समेत सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत वडा नं २, १० र १९ मा पाँच बिघा जग्गामा दुई हजार ६४० कागतीका बोट र वडा नं ९ र १९ मा १५ कट्टामा एक हजार २४५ मेवाका बोट खेती गरी २५ जनालाई रोजगारी दिइएको छ ।

कृषि यान्त्रीकरणका लागि कम्बाइन मिल दुई थान, धान चुट्ने थ्रेसर चार थान, मल्टिप्रपोज पावर टिलर एक थान र हाते धान काट्ने मेसिन एक थानसमेत किसानलाई वितरण गरिएको छ । माटोको गुणस्तर सुधार गरी बालीको गुणस्तर तथा उत्पादन बढाउन ४२ बिघा जमिनमा १२ हजार ६४० लिटर गहुत सङ्कलन हुने गरी गोठ सुधार गरिएकोछ ।

आइपिएम तथा बेमौसमी अर्गानिक तरकारी खेतीका लागि पाँच जना कृषकलाई फलामे घर निर्माण गरिएको छ । वडा नं २ र १४ मा सोलार ड्रायर निर्माण गरिएको छ । ७३ जना कृषकको १७ दशमलव ९ हेक्टर जमिनमा सिँचाइको सुविधा पु¥याइएको छ ।

स्थानीय कृषि तथा पशुजन्यउपजको प्रवद्र्धनका लागि कृषि मेला आयोजना गरी २४ जना किसानलाई गत वर्ष सम्मानित गरिएको थियो । किसान नेता शहीद भीमदत्त पन्तको स्मृतिमा स्थापना गरिएको भीमदत्त पन्त किसान पुरस्कारलाई कृषि क्षेत्रका उत्कृष्ट व्यावसायिक किसानलाई वितरण गरिएको छ । चालु आवमा नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख विष्टको भनाइ छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:१८ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...