७ फागुन, काठमाडौँ । २०२१ को आईपिएल अक्सन बिहिबार समाप्त भएको छ । अक्सनमा आईपिएलमा ८ फ्रेन्चाइजहरुले आफुलाई चाहिनले खेलाडीहरुलाई टिममा अनुबन्धित गरेका छन ।
त्यसैगरी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा रहको रोयल च्यालेन्जर्स बेङ्गलोरको टिम पनि अक्सन पछि बलियो देखिएको छ । अक्सन अघि १० खेलाडी टिममा रिलिज गरेको रोयल च्यालेन्जर्स बेङ्गलोरले चेन्नाईमा सम्पन्न अक्सनमा ८ खेलाडी टिममा अनुबन्धित गरेको छ ।
अनुबन्धित हुने खेलाडीहरुमा ग्लने म्याक्सवेल (१४.२५ करोड), काइल जैमीसन (१४ करोड), डेनियल क्रिश्चियन (४.८ करोड), सचिन बेबी (२० लाख), रजत पाटीदार (२० लाख), मोहम्मद अजहरुद्दीन (२० लाख), श्रीकर भरत (२० लाख), सुयश प्रभुदेसाई (२० लाख) रहेका छन । अक्सनमा यी खेलाडीहरुलाई टिममा अनुबन्धित गुर्न अघि नै बेङ्गलोरमा विराट कोहली, एबी डिविलियर्स, युजवेन्द्र चाहल, एडम जाम्पा जस्ता दिग्गज खेलाडीहरु रहेका थिए ।
२०२१ को आईपिएलका लागि रोयल च्यालेन्जर्स बेङ्गलोरको टिम:
विराट कोहली, एबी डिविलियर्स, ग्लेन म्याक्सवेल, देवदत्त पाडिकल, मोहम्म्द सिराज, नवदीप सैनी, वाशिंगटन सुन्दर, युजवेंद्र चहल, जोशुआ फिलिप, सचिन बेबी, रजत पाटीदार, मोहम्मद अजहरुद्दीन, काइल जैमीसन, श्रीकर भरत, सुयश प्रभुदेसाई, डेनियल क्रिश्चियन, पावन देशपांडे, शाहबाज अहमद, एडम जम्पा, केन रिचर्डसन, डेनियल श्याम्स, हर्षल पटेल ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १६:२९ मा प्रकाशित





























