back
CTIZAN AD

न्यून ह्रास कट्टी गरेर नाफा धेरै देखाउने कम्पनीबाट सजग हुनु होला

वि.सं.२०७७ फागुन ८ शनिवार

1.2K 

shares

८ फागुन, काठमाडौँ । नवनिर्मित जलविद्युत कम्पनीको खुद नाफा गणना गर्दा बिक्री आयमा औषत ७५ प्रतिशत बढि कट्टी गर्ने भनेको ऋणको साँवा ब्याज र ह्रास कट्टी नै हो । दुबै शिर्षकमा काटेको रकम ऋण लिएको बैंकहरुलाई ऋणको सावाँ ब्याज बुझाउन प्रयोग गरिन्छ ।
ह्रास कट्टी (Depreciation) कट्टा गर्ने भने कम्पनी अनुसार फरकफरक बिधि रहेछन् ।

केही कम्पनीहरुले उत्पादन शुरुआत का बर्षहरुमा फ्लाट दरमा बढि ह्रास कट्टी गर्दा रहेछन । यसो गर्दा कम्पनीको शुरुआतका बर्षहरुमा नाफा (eps) कम हुने र पछिल्ला बर्षहरुमा नाफा  बढ्दै जाने रहेछ ।

केही कम्पनीहरुले उत्पादन शुरुआतका बर्षहरुमा कम ह्रास कट्टी गर्दा रहेछन।यसो गर्दा कम्पनीको शुरुआत का बर्षहरुमा नाफा बढि देखिने र पछिल्ला बर्षहरुमा नाफा घट्दै जाने रहेछ ।

उदाहरणका लागि लगभग सगै उत्पादन शुरुआत भएका २ जलविद्युत कम्पनी प्रस्तुत गरेको छु :

१) akpl : २५ मेगावाट क्षमताको ५.५ अर्ब पुर्बाधार सम्पत्ति भएको akpl ले २०७७/७८ को ६ महिना अबधिमा २.४७ करोड रुपैयाँ मात्रै ह्रास कट्टी गरेको छ।यसले कम्पनीको नाफा धेरै देखाएको छ ।

२)  mhnl : २२.१ मेगावाट क्षमताको ५ अर्ब भन्दाकम पुर्बाधार सम्पत्ति भएको कम्पनीले २०७७/७८ को ६ महिनामा ९.२७ करोड रुपैया ह्रास कट्टी गरेको छ।यसले कम्पनीको शुरुआती बर्षहरुमा नाफा अत्यन्तै कम देखाउछ।

त्यसैले भर्खरै उत्पादन शुरुआत भएको जलविद्युत कम्पनीमा लगानी गर्नु अघि उसले ह्रास कट्टी बापत कति रकम कट्टा गरेको छ बुझ्नु होला । न्यून ह्रास कट्टी गरेर नाफा धेरै देखाउने कम्पनीबाट सजग हुनु होला ।

यो पनि हेर्नुहोला

Mhnl हाइड्रोपावरले निकालेको अधुरो बित्तिय बिबरणले ठगिएका लगानीकर्ता , जवाफदेही को ?
कम्पनीले दोस्रो त्रैमासिक(कार्तिक १ देखि पौष मसान्तसम्म)को मात्रै अलग्गै बित्तिय बिबरण प्रकाशित गरेको छ। साथमा अघिल्लो प्रथम त्रैमासिकको समेत बित्तिय बिबरण समाबेश गरेको छ। यहाँ सम्म त ठिकै छ।तर दुबै त्रैमासिकको कुल बिक्री र खर्च र नाफानोक्सान हरु कहि कतै जोडिएको छैन। दोस्रो क्वाटरको मात्रै नाफा देखाउदा कम्पनीको प्रतिसेयर आ म्दानी ऋणात्मक देखिन्छ । दुबै क्वाटरको बिक्री खर्च र नाफा नोक्सान समायोजन गर्दा कम्पनी राम्रो नाफामा छ। eps १८ हुन आउछ।
६ महिनाको कुल योग यस्तो आउछ!!
१. कम्पनीको क्षमता २२.१ मेगावाट
२.चुक्ता पुजि रु १.२५ अर्ब
३.पौष मसान्तसम्मको बिजुली बिक्री ३४.३० करोड
४.ह्रास कट्टी ९.२७ करोड
५.बित्तिय खर्चहरु ११.९१ करोड
६.कार्यालय संचालन खर्च १.६८ करोड
७.खुद नाफा ११.४४ करोड
८. बार्षिक प्रति सेयर आम्दानी(eps) १८
यस्तो अपुरो बिबरण सार्वजनिक गरि लगानीकर्ता ठग्ने कम्पनीको कारोबार रोक्का गरि पुर्ण बित्तिय बिबरण सार्वजनिक गराउनु पर्दैन ?

वि.सं.२०७७ फागुन ८ शनिवार १८:२८ मा प्रकाशित