back
CTIZAN AD

प्रतिनिधिसभा पुर्नस्थापना भए आन्दोलन गर्ने ओलीको चेतावनी

वि.सं.२०७७ फागुन ८ शनिवार

771 

shares

८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधिसभा पुनस्स्थापना भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेकपाको ओली समूहले शनिबार विराटनगरमा गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलिले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

उनले सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे गठजोडको सरकार बन्ने र मुलुक अस्थिरतामा जाने दाबी समेत गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापना भए एकल पार्टीको बहुमतको सरकार नरहने र यसबीच सत्ता बनाउने र ढलाउने खेल हुने बताएका हुन् । उनले आफ्नो नेतृत्वमा बहुमत रहेको दाबी समेत गरे ।

‘सत्ता समिकरणको खेलमा सांसद किनबेच, दलहरूका बीचमा मोलतोल, फेरी सरकार ढलाउ, फेरि सरकार बनाउने खेलमै दुई वर्ष समाप्त हन्छ ।’

त्यस्तो अवस्था आउन नदिनका लागि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने उनको भनाई छ । मुलुक ताजा जनादेशमा गइसकेको भन्दै उनले कसैको दबाबमा नपरी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्नुपर्ने बताएका हुन् ।

ओलीले अहिलेको जनअपेक्षा चुनाव भएकोमा जोड दिँदै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले चुनाव वैशाखमै हुने र आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने दाबी समेत गरेका छन् ।

वि.सं.२०७७ फागुन ८ शनिवार १७:५९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...