८ फागुन, काठमाडौं । नेपालमा शनिबार (८ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख ३६ हजार ३०९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २ हजार ४८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १,५३५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १,११७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५१८ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ५४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा २० र कर्णाली प्रदेशमा २ जना गरी ५४ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिममा १ जना गरी जम्मा १० जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ७१ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा पाँचथर भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका ८८ जनासँगै नेपालमा कोरोनाका कूल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । साथै आज १३६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ ।
आज देशैभरी थपिए ८८ कोरोना संक्रमित, १३६ जना निको
पछिल्लो २४ घण्टामा देशैभरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको २०४८ नमुना परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३१ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका ८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार संक्रमितको मृत्यु भएको छ ज्यान गुमाउनेको संख्या २०६१ रहेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार १७ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा प्रदेश नं १ मा ४, बागमती प्रदेशमा ८३९, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५० जना गरी १ हजार १७ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ५१८ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा फागुन ७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ फागुन ८ शनिवार १७:४२ मा प्रकाशित






























