७ फागुन, काठमाडौं । नेपालमा शुक्रबार (७ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख ३४ हजार २६१ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २ हजार ९३१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १ हजार ५ सय ८३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १ हजार ४५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५३८रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६० जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २५ र कर्णाली प्रदेशमा २ जना गरी ६० जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिममा १ जना गरी जम्मा ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ६८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका ९७ जनासँगै नेपालमा कोरोनाका कूल संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । साथै आज ११४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ ।
२४ घण्टामा थपिए ९६ संक्रमित, ३ जनाको निधन
पछिल्लो २४ घण्टामा देशैभरी ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४२ र पुरुष ५४ जना रहेका छन् । आज थपिएका ९६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ५०५ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट ३ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५८ रहेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार ४५ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा प्रदेश नं १ मा ४, बागमती प्रदेशमा ८४४, गण्डकी प्रदेशमा २६ लुम्बिनी प्रदेशमा ११८, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५० जना गरी १ हजार ४५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ५३८ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १६:५० मा प्रकाशित






























