back
CTIZAN AD

सिद्धार्थ राजमार्गमा सडक विस्तार ढिलाई गर्ने ठेकेदारलाई डिभिजनले काट्यो पत्र

वि.सं.२०७७ फागुन ७ शुक्रवार

822 

shares

फागुन ७, पोखरा । सिद्धार्थ राजमार्गमा भईरहेको सडक विस्तारमा ढिलाई भएकोप्रति सडक डिभिजन कार्यालय पोखराले ठेकेदार कम्पनीलाई पत्र काटेको छ । शुक्रबार सडक डिभिजनले पत्र काट्दै समयसीमा भित्रै काम सम्पन्न गर्ने गरि काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरेको हाे ।

डिभिजनले ठेकेदार कम्पनी प्रदिप–जुमी–साइन जे.भी.लाई सम्झौताअनुसार काम गर्न र स्थानीय तहसँग तत्काल समन्वय गर्न पनि निर्देशन गरेको छ ।

ठेकेदार कम्पनी प्रदिप–जुमी–साइन जे.भी.ले सिद्धार्थ राजमार्गअन्तर्गत कुभिन्डे–स्याङ्जा खण्डमा सडकका मोडहरु चौडा पार्ने कार्य गरिरहेको छ । तर, चौडा पार्ने काममा ढिलाई गर्दा मुख्यतः सडकखण्डको भालुपहाड क्षेत्रमा यातायात सञ्चालनमा निकै समस्या भईरहेको छ ।

स्याङ्जा, पर्वत, पश्चिमी गुल्मी र उत्तर-पश्चिमी पाल्पालाई गण्डकी प्रदेशको राजधानी र केन्द्र राजधानी जोड्ने महत्वपूर्ण…

Posted by Surya Prasad Gaire Parash on Thursday, February 18, 2021

सडक विस्तारले घण्टौं जाम हुँदा समस्या

ठेकेदार कम्पनीले पछिल्लो केहि महिनादेखि भालुपहाड सडक खण्डमा मोड काट्ने काम गरिरहेको छ । तर, महिनौंसम्म पनि मोडहरु काट्ने कामलाई सम्पन्न नगर्दा यातायात सञ्चालनमा समस्या भईरहेको थियाे।

सडक विस्तारको काममा दिनहुँ जनताले सास्ती बेहोर्नुपरेको स्थिति र प्राकृतिक दोहनको विषयलाई गम्भीरतापूर्वक लिन सम्बन्धित सरोकारवालालाई नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ले बिहिबार सामाजिक सन्जालमार्फत ध्यानाकर्षण गराएका थिए ।

यस्ताे छ ठेकेदार कम्पनीलाई डिभिजनले जारी गरेकाे निर्देशन

No description available.

वि.सं.२०७७ फागुन ७ शुक्रवार १७:३९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...