back
CTIZAN AD

ओलीको पक्षमा खटिने साइवर सेनाको निर्णय, ५ लाख साइवर सेना बनाइने उद्घोष

वि.सं.२०७७ फागुन ८ शनिवार

747 

shares

८ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकाे राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ ।

माघ २५ र २६ मा बसेको बैठकले प्रधानमन्त्री ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । सिंहका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेकाले त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो ।

साइवर सेना विवेकपूर्ण ढंगले परिचालित हुने बताउँदै सिंहले पत्रकार सम्मेलनमा आगामी चैतभित्रै ओलीको पक्षका पाँच लाख बर्दी बिनाको सेना निर्माण गरिने उद्घोष गरे  ।

उनले ५ लाख युवालाई संघको सदस्य बनाएर केपी ओलीले बोकेको समृद्ध नेपाल सुखी नेपाली अभियानको बर्दी बिनाको सिपाही बनाउने बताए  ।

वि.सं.२०७७ फागुन ८ शनिवार १७:१८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...