८ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको २०४८ नमुना परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३१ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका ८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार संक्रमितको मृत्यु भएको छ ज्यान गुमाउनेको संख्या २०६१ रहेको छ ।
आज देशैभरी थपिए कोरोनाका ९७ संक्रमित, ११४ जना निको, ३ जनाको मृत्यु
वि.सं.२०७७ फागुन ८ शनिवार १६:५७ मा प्रकाशित






























