८ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग संवाद र वार्ताका लागि सकरात्मक रहेको जनाएको छ ।
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार प्रेस विज्ञप्तिमार्फत सो जानकारी गराएका हुन् ।
पार्टीले गरेको क्रान्ति राष्ट्र र समाज अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको स्पष्ट पार्दै उनले यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु तयार रहेको जनाएका छन् ।

वि.सं.२०७७ फागुन ८ शनिवार १६:४१ मा प्रकाशित






























