९ फागुन, काठमाडौं । मिमिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी रहेका आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।
साधारण सभाबाट पारित भएको नगद लाभांश लिन छुटेका आफ्ना लगानीकर्ता तथा सेरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो । संस्थाले कतिपय लगानीकर्ताहरुले साधारण सेयरको हकप्रद निष्काशनका समयमा धितोपत्र खरीदका लागी पेश गरेकोमा आंशिक रुपमा सेयर परेका तथा नपरेका लगानीकर्ताहरुको फिर्ता हुन बाँकी रकम नलिएकाले बाँकी भुक्तानी रकम लिन पनि अनुरोध गरेको छ ।
सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चैन्ट बैंकिङग लिमिटेडमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । साथै लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८२ ९९०तथा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।
यस्तो छ संस्थाले प्रकाशन गरेको :

वि.सं.२०७७ फागुन ९ आइतवार १३:११ मा प्रकाशित





























