१० फागुन, काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्ड बिचको पहिलो टि-२० आज ओवलमा हुन गईरहेको छ । पहिलो टि-२० मा न्यूजिल्याण्ड टिमको कप्तानी केन विलियमसनले गर्ने छन भने अष्ट्रेलियन टिमको कप्तानी एरण फिंचले गर्ने छन ।
न्यूजिल्याण्डले आफ्नो पछिल्लो टि-२० श्रृखलमा पाकिस्तान विरुद्ध २- १ ले जित हासिल गरेको थियो भने अष्ट्रेलिया भारतसँग टि-२० श्रृखलामा २-१ ले पराजित भएको थियो ।
न्यूजिल्याण्ड विरुद्धको ५ खेलको टि-२० श्रृखलाका लागि अष्ट्रेलियाका डेविड वार्नर, स्टिवन स्मिथ, मिचल स्टार्क, प्याट कमिन्स जस्ता दिग्गज खेलाडीहरु उपलब्ध रहेका छैनन् । न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखला र दक्षिण अफ्रिका विरुद्धको टेस्ट श्रृखला एकै समय हुने भएको भन्दैँ क्रिकेट अष्ट्रेलियाले खेलाडीहरुलाई दुई टिममा विभाजन गरेको थियो । तर कोरोना भाइरसको महामारीको कारणले गर्दा दक्षिण अफ्रिका र अष्ट्रेलिया बिच हुने भनिएको ३ खेलको टेस्ट श्रृखला स्थगित भईसकेको छ ।
दुई टिम बिच भएको ९ टि-२० खेलमा अष्ट्रेलियाले ७ खेलमा जित निकालेको छ भने न्यूजिल्याण्डले १ खेलमा जित निकालेको छ । यी दुई टिम बिचको १ खेल भने बराबरीमा रोकिएको थियो ।
अष्ट्रेलिया र न्यूजिल्याण्ड बिचको पहिलो टि-२० नेपाली समय अनुसार ११:४५ बाट सुरु हुनेछ ।
अष्ट्रेलियाको सम्भावित प्लेइङ्ग-११
एरण फिंच, जोश फिलिप, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, म्याथ्यू वेड, मिशेल मार्श, एडम जम्पा, डेनियल सेम्स, केन रिचर्डसन, तनवीर संघ/एस्टन आगर, रिले मेरिडिथ/एन्ड्र्यू टाय ।
न्यूजिल्याण्डको सम्भावित प्लेइङ्ग-११
मार्टिन गप्टिल, टिम सेफर्ट, केन विलियमसन, डेभन कोन्वे, ग्लेन फिलिप्स, जेम्स नीशम, मिशेल श्यान्टनर, मार्क चैपम्यान/हमीश बेनेट, काइल जेमिसन, ट्रेन्ट बोल्ट, टिम साउदी ।
वि.सं.२०७७ फागुन १० सोमवार ०७:२८ मा प्रकाशित





























