१० फागुन, काठमाडौँ । न्यूजिल्याण्ड र अष्ट्रेलिया बिच ओवलमा हुन गईरहेको पहिलो टि-२० मा अष्ट्रेलियाले टस जितेर पहिलो बलिङ्ग गर्ने निणर्य लिएको छ । एरण फिंचको कप्तानीमा रहेको अष्ट्रेलियाको टिमबाट टि-२० अन्तराष्ट्रिय क्रिकेटमा जोश फिलिप डेब्यू गर्न गईरहेका छन । केन विलियमसनको कप्तानीमा रहेको न्यूजिल्याण्डको टिमबाट आईपिएल अक्सनमा १४ करोडमा बिक्री भएका काइल जेमीसन प्लेइङ्ग-११ मा पर्न सफल भएका छन ।
आज हुने पहिलो टि-२० जित हासिल गर्ने टिमले ५ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिने छ । यी दुई टिम बिचको खेल नेपाली समय अुनसार ११:४५ बाट सुरु हुनेछ ।
अष्ट्रेलियाको प्लेइङ्ग-११
एरण फिंच, म्याथ्यू वेड, जोश फिलिप, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, म्याथ्यू वेड, मिशेल मार्श, एडम जम्पा, डेनियल सेम्स, केन रिचर्डसन, जे रिचर्डसन ।
न्यूजिल्याण्डको प्लेइङ्ग-११
मार्टिन गप्टिल, टिम सेफर्ट, केन विलियमसन, डेभन कोन्वे, ग्लेन फिलिप्स, जेम्स नीशम, मिशेल श्यान्टनर, काइल जेमिसन, ईश सोधी, ट्रेन्ट बोल्ट, टिम साउदी ।
वि.सं.२०७७ फागुन १० सोमवार ११:३८ मा प्रकाशित





























