११ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफूहरु सत्तामा पुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ शेर बहादुर देउवा र केपी शर्मा ओलीले नख्खु जेलमा जाने स्थिति आउने भन्दै चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएसँगै त्यसको विरोधमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको सो पार्टीको सोमबार रत्नपार्कको शान्तिवाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवामप्रति प्रति इगित गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘जसको नेतृत्वमा यो देशमा धेरै हत्या र हिंसा भ्रष्टाचार भएको छ उहाँलाई पनि खुमलटारबाट नख्खु नै जानेपर्ने स्थिति आउँछ । यो देशको नेतृत्वमा पुगेपछि बालुवाटारबाट बालकोट जानु भएको नेतालाई हामी सबैभन्दा पहिले अख्तियार र सर्वोच्चमा उपचार गछौं,’ विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले भने, ‘ त्यसपछि आरामगर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्याउछौं र जिन्दगी भर आराम गरेर बस्नुपर्नेछ ।’
अध्यक्ष मिश्रले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई इंगित गर्दै भने–‘प्रतिपक्षी दलका नेताले भन्नु भएको होला म बुढानिलकण्ठबाट बालुवाटार आउँछु भनेर, हामी सत्तामा पुगौ हेरौला अख्तियार र सर्वोच्चले सबैभन्दा पहिले तपाईको राष्ट्रघाती चरित्रको उपचार गर्छ । त्यसपछि तपाई पनि नख्खुको चौरमा घाम ताप्न जानुपर्ने स्थिति आउन सक्छ ।’
आफ्ना विचारले जनताको मत जित्न सक्ने ठाउँ हुँदाहुँदै मान्छेको घाँटी रेटेर मान्छेको छातीमा गोली हानेर अहिले लोकतन्त्रको दुहाइ दिँदै विदेशी नेतालाई लोकतन्त्र बचाइदिनुस् भनेर अनुनय विनय गर्दै आफ्नो स्वार्थ पूर्तिका लागि पर्खेर बसेको आरोपपनि मिश्रले लगाए ।
मिश्रले आफूहरु सानो पार्टी भएपनि इमान र देश भक्तिको धरातलमा उभिएको भन्दै प्रधानमन्त्रीका सल्लाहकारले आफूलाइ सीमाभित्र बस्न भनेकोमा चेतावनी दिँदै भने–‘तपाइहरु संविधानको सीमाभित्र बस्नुहोस् ।’
वि.सं.२०७७ फागुन ११ मंगलवार १२:०३ मा प्रकाशित






























