back
CTIZAN AD

किन प्रचण्डलाई छोडेका थिए मणि थापाले ? दिए यस्तो जवाफ

वि.सं.२०७७ फागुन ११ मंगलवार

693 

shares

फागुन ११, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले प्रचण्ड समूह त्याग्नुको कारणबारे मुख खोलेका छन् । पूर्वमाओवादी समूहबारे आलोचना नगरी ओली समूहमा प्रवेश गरेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका केहि राष्ट्रवादी अडानले आफुँ आकर्षित भई पूर्व समूह त्यागेको बताए ।

मंगलबार ओली समूह निकट राष्ट्रिय यूवा संघको केन्द्रीय समितिको पूर्णंं बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले लिएको लाईन अग्रगमन उन्मुख राष्ट्रवादी भएको बताए ।

‘ओलीले जे विश्लेषण गर्नुभएको छ, त्यो विश्लेषणको मुख्य कुरा राष्ट्रवादलाई कम्युनिस्ट आन्दोलन जोड्न खोज्नुभएको छ, ओलीको राष्ट्रवादले मलाई आकर्षण गरेको हो,’ नेता थापाले भनेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली समाज र संस्कृतिलाई जोडेर कम्युनिष्ट आन्दोलनमा नयाँ विचार र मान्यता स्थापित गर्न खोजेको मन्त्री थापाको भनाई छ । उनले भने, ‘आमजनता र युवामा ओलीप्रतिको आकर्षण इतिहासको निरन्तरको आकर्षण मात्र होइन, नेपाली समाजको संस्कार र संस्कृतिको आधारबारेमा विश्लेषण गर्नुभएको छ, त्यो नेपालको कम्युनिस्ट आन्दोलनको नयाँ विचार र मान्यता हो ।’

वि.सं.२०७७ फागुन ११ मंगलवार १५:५१ मा प्रकाशित

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...