back
CTIZAN AD

निःशुल्क बाख्रा पाएपछि बोहरा दम्पत्तिमा खुशीयाली

वि.सं.२०७७ फागुन १३ बिहीवार

633 

shares

१३ फागुन, डोटी । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँका स्थानीयवासी इसरा बोहरा दम्पत्ति आजकल खुशी छन् । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तैहात घर फर्किए । उनका परिवारलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ ।

जिल्लामा वर्षौँदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा उक्त गाउँपालिकामा भएका दजनौँ गरिब तथा विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेपछि आफूहरूमा खुशीयाली छाएको सन्तोष बोहराले बताए । उनले भने, “घरमा समस्या भएर कमाउनका लागि भारत गएको थिएँ, कोरोनाले कमाउन सकिनँ घरैमा बसेको थिएँ, संस्थाका बाख्रा पाएपछि अब जीवन चलाउन सहज हुनेछ ।”

उनीजस्तै सो वडामा बाख्रा पाएका स्थानीयवासी, दलित तथा विपन्न परिवार अहिले निकै खुशी छन् । बाख्रापालनले जीवनयापनमा सहज भएको भन्दै यहाँका गरिब तथा विपन्न वर्गमा खुशीयाली छाएको अर्का स्थानीयवासी जवानसिंह बोहराले बताए । उनले भने, “आफूसँग बाख्रा किन्न रकम थिएन, अहिले संस्थाले घरैमा आएर निःशुल्क बाख्रा दिएकामा गरिब तथा विपन्न वर्ग खुशी भएका छन् ।” घरमा लगाएको खेतीपातीले कम्तीमा पनि पाँच महिनासम्म खान नपुग्ने गरेका विपन्न परिवारलाई बाख्रापालनबाट सहयोग होस् र आम्दानी बढोस् भनेर निःशुल्क बाख्रा वितरण गरिएको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “रकम दिएर जीविका चलाउन नसकिने भएपछि बाख्रा दिँदा आम्दानी पनि हुने तथा आयस्तर पनि बढ्ने अवस्था देखेपछि हामीले बाख्रा वितरण गरेका छौँ, गरीखाने वर्गलाई राम्रै हुनेछ ।”

संस्थाले दिएका तीन बाख्रासँगै यहाँका किसानले आफूले पनि ऋणदान गरी बाख्रा किन्न थालेको धिर्कामाडौँकी स्थानीय दलित महिला सीतादेवी ढोलीले बताए । उनले भने, “संस्थाले तीन बाख्रा दिएको छ, हामीले पनि ऋणदान गरी बाख्रा किनेका छौँ, बाख्राले राम्रो आम्दानी हुने आस गरेका छौँ, ५०/६० बाख्रा पु¥याएर यसलाई व्यवसायका रूपमा अगाडि बढाउने सोचमा छु ।” व्यावसायिकरूपमा बाख्रापालन गरेर आफ्ना बालबालिकालाई स्कूल पढाउन तथा खानाका लागि सधैँ अ?सँग मागेर दैनिक गुजारा गर्ने अवस्था अन्त हुनेमा यहाँका दलित तथा विपन्न वर्ग आशावादी भएका छन् ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपाल डोटीले बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा गाउँपालिकास्थित वडा नं ५ को धिर्कामाडौँका कम्तीमा पनि २५ घरधुरीलाई निःशुल्करूपमा बाख्रा वितरण गरेको छ । हरेक घरधुरीलाई तीन वटाका दरले ७५ बाख्रा र दुई बोका वितरण गरेको सिड नेपाल डोटीले जनाएको छ । वितरण गरिएका बाख्राका लागि २५ वटा खोरसमेत निर्माण गरिएको छ ।

जीविकोपार्जन पुनःस्थापनाका लागि जलवायु संवेदनशील सुशासन परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको संस्थाका परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिए । वितरण गरिएका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय–समयमा संस्थाले नै निरीक्षण गर्ने योजना बनाएको छ । सिड नेपालले दातृ संस्थाको सहयोग तथा गाउँपालिकासँगको समन्वयमा कम्तीमा पनि २०० बाख्रा वितरण गरिसकेको जनाइएको छ । (रासस)

वि.सं.२०७७ फागुन १३ बिहीवार १४:३१ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...