back
CTIZAN AD

नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ता सम्मानित

वि.सं.२०७३ माघ १६ आइतवार

987 

shares

१६ माघ,काठमाडौँ  । नेपाल पंक्षी संरक्षण सङ्घले सन् २०१६ मा नेपालका लागि तीन प्रजातिका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्तालाई सम्मान गरेको छ ।

सङ्घको ३४ आँै वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नयाँ प्रजातिका चरा ‘रुफस टेल्ड रक थ्रस’ पत्ता लगाउने नरेश कुसी, ‘ग्रे साइडेड थ्रस’ पत्ता लगाउने सोम जिसी र ‘वेस्ट हिमालयन बुस वाब्लर’ पत्ता लगाउने हठन चौधरी र उहाँहरुको समूहलाई सम्मान गरिएको हो ।

यससँगै नेपालमा पाइने चराको प्रजाति सङ्ख्या आठ सय ८४ पुगेको सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमानबाबु प्रधानले बताउनुभयो ।

सङ्घले सम्बन्धित सरकारी निकायको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा हुर्काइएका प्रजनन् अयोग्य गिद्धलाई सुरक्षित प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्न सुरुवात गरेको जनाएको छ ।

प्रजन्न केन्द्रमा प्रजनन् अयोग्ग ठहरिएका ती गिद्धलाई नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा सफलतापूर्वक प्राकृतिक बासस्थानमा पुनःस्थापना गरी तिनीहरुको नियमित अनुगमन गरिने सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका निमित्त सचिव पेमनारायण कँडेल, सङ्घका अध्यक्ष युवराज बस्नेत, महासचिव राजेन्द्र गुरुङलगायतले नेपालमा चराको संरक्षणमा भएका प्रयासका बारेमा उल्लेख गर्दै संरक्षणमा देखिएका चुनौतीका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

सन् १९८२ मा स्थापना भएको सङ्घले नेपालमा पंक्षीहरुको वैज्ञानिक अध्ययन तथा संरक्षण र बासस्थान व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

बर्डलाइफ इन्टरनेसनलको साझेदार रहेको यस सङ्घले गिद्ध, खरमजुर जस्ता लोपोन्मुख, अति सङ्कटापन्न तथा दुर्लभ चराको वैज्ञानिक अध्ययन तथा संरक्षणका कार्यका साथै चरा र जैविक विविधताका क्षेत्रमा काम गरिरहेको जनाएको छ । रासस

वि.सं.२०७३ माघ १६ आइतवार १३:२१ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...