back

कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

वि.सं.२०७७ चैत २ सोमवार

402 

shares

२ चैत, खलङ्गा । कर्णाली प्रदेशका १०मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिममा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।

जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुङ्गो छैन । राष्ट्रिय लाइन आउने आशा नै मारिसकिएको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदाहुँदै पनि अँध्यारोमा बस्नुपर्ने माथिल्लो कर्णालीका बालबालिका, महिला र ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन नसकेको समेत उनको गुनासो छ ।

जुम्लामा दैनिक १५ घण्टाभन्दा बढी समय नियमित विद्युत्भार कटौती हुने गरेको छ । विद्युत् उत्पादन पनि घटेकाले विद्युतभार कटौती भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्रमुख गौरव पाण्डेले जानकारी दिए । उनले भने, “ खलङ्गाका उपभोक्तालाई करीब एक मेगावाट विद्युत् आवश्यक छ । उत्पादन २२० किलोवाट मात्रै छ । बीचमा जेनेरेटरबाटै भए पनि नियमित बत्ती दिइएको छ । ”

राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि जुम्लामा खम्बा गाडिसकिएको र राजनीतिकस्तरबाट पहल भएर चाँडै प्रसारण लाइन आउन सक्ने उनको भनाइ छ । विद्युत्भार कटौती हुुँदा यहाँका विद्यार्थीदेखि होटेल र इलेक्ट्रोनिक व्यवसायी मारमा परेका छन् ।

विद्युत् उत्पादन क्षमताको हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशको कूल जनसङ्ख्याको ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमा नै बस्न बाध्य छन् । साढे १७ लाख जनसङ्ख्या रहेको कर्णालीमा अहिलेसम्म करीब ३३ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युत्को पहुँचमा पुगेका छन् ।

एघार लाख ३९ हजार अर्थात् ६७ प्रतिशत नागरिक अहिले पनि टुकीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । करीब १८ हजार मेगावाट विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीविना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिक अधिकारकर्मी बताउँछन् ।

केही वर्षपहिलेसम्म यहाँका ७२ प्रतिशत नागरिक विद्युत्को पहुँचबाहिर थिए । प्रदेश तथा स्थानीय सरकार आएपछि साना लघुजलविद्युत् र सौर्य ऊर्जा निर्माण गरिएपछि पाँच प्रतिशतले घटेर ६७ प्रतिशत नागरिक अझै विद्युत्को पहुँचबाहिर छन् । विगतभन्दा पाँच प्रतिशत नागरिकको विद्युतीय पहुँचमा वृद्धि भएको देखिन्छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशका विभिन्न जिल्लामा ग्रामीण विद्युतीकरणका लागि रु ५० करोड नौ लाख बजेट विनियोजन गरेको थियो । योजनाले कति नागरिक विद्युत्को पहुँचमा पुगे कि पुगेनन् भन्ने अत्तोपत्तो छैन । कर्णालीलाई लघुजलविद्युत् तथा वैकल्पिक ऊर्जामार्फत तीन वर्षभित्र अँध्यारोमुक्त बनाउने लक्ष्य सरकारको छ ।

यसका लागि प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ पनि शुरुआत गरेको छ । सो कार्यक्रमअन्तर्गत मात्र विभिन्न जिल्लामा १९ लघु तथा साना जलविद्युत् आयोजना बन्दैछन् । दुई वर्षअघिदेखि उज्यालो कार्यक्रम शुरु भए पनि यसको प्रभाव देखिएको छैन ।
रासस

वि.सं.२०७७ चैत २ सोमवार १२:४४ मा प्रकाशित

Himalayan Life AD
तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

जुम्ला । यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार...

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

सिमकोट, (हुम्ला) । खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई...

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

मान्म (कालीकोट) । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा...

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै...

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा...