
२ चैत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताबीचको छलफल
सकिएको छ ।
गत कात्तिक २५ देखि टुटेको भेटवार्ता केही बेर अघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको थियो । भेटमा के भयो भन्ने बारे सार्वजनिक नगरिएपनि पछिल्ला दिनमा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बुझिएको छ ।
छलफलमा वरिष्ठ नेता नेपालसहित पार्टी उपाध्यक्ष भीम रावल, पार्टी महासचिव ईश्वर पोखरेल, नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवालीलगायत सहभागी थिए।बैठकमा झलनाथ खनाल भने उपस्थित थिएनन् ।