back
CTIZAN AD

प्राइम कमर्शियल बैंकको थपियो आवेदन दिने समय

वि.सं.२०७७ चैत ३ मंगलवार

705 

shares

३ चैत्र, काठमाडौं । प्राइम कमर्शियल बैंकले जारी गरेको ऋणपत्र नबिकेपछी आवेदन दिने समय थप गरिएको छ ।

बैंकको उत्त ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म आवेदन दिन सकिने जनाईएकोमा माग बमोजिम आवेदन नपरेपछी अब म्याद थप भई चैत्र १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । चैत्र १३ सम्ममा आवेदन दिन सकिने भएतापनी यदि मिति अगावै पर्याप्त आवेदन परेमा त्यस अघि नै सार्वजनिक सूचना जारी गरेर बिक्रि बन्द हुने बैंकले जनाएको छ।

बैंकले १ हजार अंकित दरका ३५ लाख कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणका छुट्ट्याइएको छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।

सर्बसाधारणको लागि छुट्याईएको ऋणपत्र मध्यबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक नियुत्त गरेका छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १२:१५ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...