back
CTIZAN AD

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्नः स्थानीयवासीमा खुशीयाली

वि.सं.२०७७ चैत ५ बिहीवार

735 

shares

५ चैत्र, बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट क्षमताको दोगेडे खोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो ।

सो आयोजनाबाट गाउँपालिकाको आधा दर्जनभन्दा बढी गाउँका स्थानीयवासी लाभान्वित भएका छन् । आयोजनाबाट विनाडा, भाडसैन, त्याडिगाउँ र गाँजरीलगायतका गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी भएका छन्।

करीब रु २ करोडको लागतमा निर्माण भएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्नका लागि थापागाउँ, सिङराली, गोठेखान र रोतागाडाको स्थानीयवासीको घरमा वाइरिङको काम सञ्चालनमा रहेकाले ती गाउँमा पनि छिट्टै बिजुली बत्ती पुर्याउने योजना रहेको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताएका छन् ।

वि.सं.२०७७ चैत ५ बिहीवार १४:३१ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...