९ चैत, काठमडौँ । रोड सेफ्टी वर्ल्ड सिरिजको उपाधी भारत लेजेन्ड्सले आफ्नो नाममा गरेको छ । भारत लेजेन्ड्सले फाइनल खेलमा श्रीलंका लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै उपाधी आफ्नो नाममा गरेको हो ।
टस हारेर फाइनल खेलमा पहिले ब्याटिङ्ग गरेको भारत लेजेन्ड्सको टिमले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारत लेजेन्ड्सका लागि युवराज सिंह र युसुफ पठानले विस्फोटक ब्याटिङ्ग गरेका थिए । युवारज सिंहले ४१ बलमा ६० रन बनाएका थिए भने युसुफ पठानले ३६ बलमा ६१ रन बनाएका थिए । श्रीलंका लेजेन्ड्सका लागि बलिङ्गमा हेराथ, जयसूर्या, माहारुफ र विरारत्नेले समान १ १ विकेट लिएका थिए ।
१८२ रनको विशाल लक्ष्य पछाएको श्रीलंका लेजेन्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । श्रीलंका लेजेन्ड्सका लागि सनथ जयसूर्याले सर्वाधिक ४३ रन बनाएका थिए भने भारत लेजेन्ड्सका लागि बलिङ्गमा युसुफ पठान र इरफान पठानले सर्वाधिक २ २ विकेट लिएका थिए ।
वि.सं.२०७७ चैत ९ सोमवार १०:२३ मा प्रकाशित






























