११ चैत, काठमाडौं । मट्टितेल छर्किएर आगो लगाइ बुहारीको हत्या गरि भागेका ७५ वर्षीय हनिफ ढपाली पक्राउ परेका छन् ।
आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार रहेका नरैनापुर गाउँपालिका–२ का ७५ वर्षीय हनिफ शेष ढपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका–१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
वि.सं.२०७७ चैत ११ बुधवार ११:१६ मा प्रकाशित






























