११ चैत्र, काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको उन्नाइसौँ वार्षिक सभा अम्रपासी, ब्याङ्केट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा कम्पनीले गत वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ पुग्नेछ । यसैअनुसार अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।
सभामा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ चैत ११ बुधवार ११:१६ मा प्रकाशित






























