back
CTIZAN AD

वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित

वि.सं.२०७७ चैत ११ बुधवार

783 

shares

११ चैत, वालिङ । स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगर घोषित भएको छ ।

नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरको पुरस्कार प्रदान गरेका छुन् ।

वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भने, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्नुहुने मूल्याङ्कनकर्ताहरुप्रति नगरपालिकाकोतर्फबाट आभार ब्यक्त गर्दछु ।”

नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकाले शहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनहरु निर्माण गरी विगत दुई वर्षदेखि कार्यान्वयनका चरणमा रहेको उपप्रमुख कल्पना तिवारीले बताइन् ।

नगरपालिकाले यहाँका नागरिकहरुलाई विपदजन्य जोखिमकाकारण हुनसक्ने संभावित घटनालाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि निरन्तर कार्य गर्दै आईरहेको र वर्षायाममा जोखिम संभावित बस्तीका नागरिकलाई नजिकैको विद्यालयहरुमा स्थानान्तरण गर्ने कार्य गरिएको उनले बताइन् । पहिरोका कारण विस्थापित परिवारकालागि स्थानीय तहमै ब्यवस्थापनका लागि समिति गठन गरी ब्यवस्थापनमा नगरपालिका रहेको उनको भनाई थियो ।

यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका संघको २३ औं स्थापना दिवसका अवसरमा देशभरका २१७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई रु. एकलाख पुरस्कार प्राप्त गरेको थियो । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, शहरी योजना, सुशासन, फोहोरमैला ब्यवस्थापन लगायतका विषयबस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो । यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरकोरुपमा वालिङलाई पुरस्कृत गरेको थियो । नेपाल नगरपालिका संघले विभिन्न तीन विधामा देशभरका नगरपालिकाहरुमध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट बनेका हुन् ।

वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजश्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो ।

वि.सं.२०७७ चैत ११ बुधवार १९:०८ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...