back
CTIZAN AD

किरणलाई राष्ट्रकवि गीत पुरस्कार

वि.सं.२०७३ माघ १८ मंगलवार

783 

shares

kiran-kharel-rastra-kabi-puraskar१८ माघ,काठमाडौँ  । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो नाममा स्थापित पुरस्कार सोमबार एक समारोहबीच बरिष्ठ गीतकार तथा सञ्चारकर्मी किरण खरेललाई प्रदान गरेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर ‘अनेसास’द्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले गीतकार खरेललाई ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार–२०७३’द्वारा पुरस्कृत गरेका हुन् । पुरस्कार राशी नगद २१ हजार रहेको छ ।

गीतकार तथा प्राज्ञ उन्नती शिला बोहराद्वारा स्थापित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार’ पाउने गीतकार खरेल पहिलो व्यक्ति हुन् । राष्ट्रकवि घिमिरेकै प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरणमा समारोहमा बोल्दै गीतकार तथा प्राज्ञ उन्नती शिलाले भनिन्, ‘यो पुरस्कार कोष गीतसंगीत तथा साहित्य क्षेत्रमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्न स्थापिना गरेकी हुँ ।’ उनले आफू गीत क्षेत्रमा रमाउने भएकाले सय क्षेत्रको उन्नती र विकासमा टेवा पु¥याउँन सुरुमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको सुनाइन् । उनले पहिलोपटक गीतकार खरेललाई पुरस्कृत गर्न पाउँदा गर्व लागेको समेत बताइन् ।

करिब पाँच दशकदेखि निरन्तर गीति लेखनमा क्रियाशील गीतकार खरेलले पुरस्कृत भएपछि भने, ‘राष्ट्रकविकै नामको पुस्कार उहाँकै हातबाट लिन पाउँदा अत्यन्त खुसी लागेको छ ।’

‘अनेसास’ नेपाल च्याप्टरका अध्यक्ष एवं साहित्यकार राधेश्याक लेकालीको सभापतित्वमा सम्पन्न पुरस्कार समारोहमा गीतसंगीत तथा साहित्य क्षेत्रका विभिन्न विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संगीतकार शम्भुजीत बास्कोटा, गीतकार रत्नशम्सेर थापा, राजेन्द्र थापा, श्रीपुरुष ढकाललगायतका गायक/गायिकाको उपस्थिती थियो । कार्यक्रममा राष्ट्रकवि घिमिरे र गीतकार खरेलद्वारा रचित गीतहरु विभिन्न गायक तथा गायिकाले गाएका थिए ।

वि.सं.२०७३ माघ १८ मंगलवार १४:५३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...