Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

किरणलाई राष्ट्रकवि गीत पुरस्कार



kiran-kharel-rastra-kabi-puraskar१८ माघ,काठमाडौँ  । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो नाममा स्थापित पुरस्कार सोमबार एक समारोहबीच बरिष्ठ गीतकार तथा सञ्चारकर्मी किरण खरेललाई प्रदान गरेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर ‘अनेसास’द्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले गीतकार खरेललाई ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार–२०७३’द्वारा पुरस्कृत गरेका हुन् । पुरस्कार राशी नगद २१ हजार रहेको छ ।

गीतकार तथा प्राज्ञ उन्नती शिला बोहराद्वारा स्थापित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार’ पाउने गीतकार खरेल पहिलो व्यक्ति हुन् । राष्ट्रकवि घिमिरेकै प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरणमा समारोहमा बोल्दै गीतकार तथा प्राज्ञ उन्नती शिलाले भनिन्, ‘यो पुरस्कार कोष गीतसंगीत तथा साहित्य क्षेत्रमा योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्न स्थापिना गरेकी हुँ ।’ उनले आफू गीत क्षेत्रमा रमाउने भएकाले सय क्षेत्रको उन्नती र विकासमा टेवा पु¥याउँन सुरुमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको सुनाइन् । उनले पहिलोपटक गीतकार खरेललाई पुरस्कृत गर्न पाउँदा गर्व लागेको समेत बताइन् ।

करिब पाँच दशकदेखि निरन्तर गीति लेखनमा क्रियाशील गीतकार खरेलले पुरस्कृत भएपछि भने, ‘राष्ट्रकविकै नामको पुस्कार उहाँकै हातबाट लिन पाउँदा अत्यन्त खुसी लागेको छ ।’

‘अनेसास’ नेपाल च्याप्टरका अध्यक्ष एवं साहित्यकार राधेश्याक लेकालीको सभापतित्वमा सम्पन्न पुरस्कार समारोहमा गीतसंगीत तथा साहित्य क्षेत्रका विभिन्न विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संगीतकार शम्भुजीत बास्कोटा, गीतकार रत्नशम्सेर थापा, राजेन्द्र थापा, श्रीपुरुष ढकाललगायतका गायक/गायिकाको उपस्थिती थियो । कार्यक्रममा राष्ट्रकवि घिमिरे र गीतकार खरेलद्वारा रचित गीतहरु विभिन्न गायक तथा गायिकाले गाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ