Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

मुहान संरक्षणका लागि नमुना कार्यक्रम



१८ माघ,चिलाउनेघारी (सिन्धुपाल्चोक) । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले माथिल्लोहिटीमा निर्माण भएको प्राचीन ढुङ्गेधारा, सांस्कृतिक भवन र अत्याधुनिक पौडी पोखरीको आज उद्घाटन गर्नुभयो ।

एकीकृत विकास कार्यक्रमअन्तर्गत परम्परा र संस्कृतिको जगेर्ना गर्न पानी संरक्षण, सञ्चिति र बालबालिकाको सुविधाका लागि पौडी पोखरी निर्माण भएको हो ।

भूकम्पपछि जिल्लाका धेरै गाउँ विकास समितिमा पानीको हाहाकार भएको अवस्थामा स्थानीय पानीको मुहान संरक्षण गरी त्यहाँको पानीे ट्याङ्कीमा सङ्कलन गरेर आवश्यकता अनुसार तीनवटा ढुङ्गेधारा मार्फत प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसका लागि १२ र २२ हजार लिटर क्षमताका दुईवटा पानीट्याङ्की निर्माण गरिएका छन् । देव तथा पितृ कार्यका लागि प्रयोग गर्न बनाइएको सांस्कृतिक भवन दुई तलाको रहेको छ ।

यस्तै, आधुनिक पौडी पोखरीमा एकैपटक ३० जना बालबालिकाले पौडी खेल्न सक्नेछन् ।

ढुङ्गेधारा र पौडीपोखरीबाट निकास हुने पानीबाट यस क्षेत्रका किसानले आफ्नो करेसाबारीमा सिँचाइ हुने व्यवस्था मिलाइएको छ । सो परियोजनाको निर्माण लागत रु ४४ लाख ८२ हजार रहेको निर्माण समितिका अध्यक्ष भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेतले निर्वाचन क्षेत्र– १ अन्तर्गत अरु चारवटा गाविसमा पनि यस्तै नमुना एकीकृत विकास कार्यक्रम निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले सिन्धुपाल्चोकको यो नमुना कार्यक्रम अरु जिल्लाका लागि पनि नमुना बन्ने बताउनुभयो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम