back
CTIZAN AD

मुहान संरक्षणका लागि नमुना कार्यक्रम

वि.सं.२०७३ माघ १८ मंगलवार

897 

shares

१८ माघ,चिलाउनेघारी (सिन्धुपाल्चोक) । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले माथिल्लोहिटीमा निर्माण भएको प्राचीन ढुङ्गेधारा, सांस्कृतिक भवन र अत्याधुनिक पौडी पोखरीको आज उद्घाटन गर्नुभयो ।

एकीकृत विकास कार्यक्रमअन्तर्गत परम्परा र संस्कृतिको जगेर्ना गर्न पानी संरक्षण, सञ्चिति र बालबालिकाको सुविधाका लागि पौडी पोखरी निर्माण भएको हो ।

भूकम्पपछि जिल्लाका धेरै गाउँ विकास समितिमा पानीको हाहाकार भएको अवस्थामा स्थानीय पानीको मुहान संरक्षण गरी त्यहाँको पानीे ट्याङ्कीमा सङ्कलन गरेर आवश्यकता अनुसार तीनवटा ढुङ्गेधारा मार्फत प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसका लागि १२ र २२ हजार लिटर क्षमताका दुईवटा पानीट्याङ्की निर्माण गरिएका छन् । देव तथा पितृ कार्यका लागि प्रयोग गर्न बनाइएको सांस्कृतिक भवन दुई तलाको रहेको छ ।

यस्तै, आधुनिक पौडी पोखरीमा एकैपटक ३० जना बालबालिकाले पौडी खेल्न सक्नेछन् ।

ढुङ्गेधारा र पौडीपोखरीबाट निकास हुने पानीबाट यस क्षेत्रका किसानले आफ्नो करेसाबारीमा सिँचाइ हुने व्यवस्था मिलाइएको छ । सो परियोजनाको निर्माण लागत रु ४४ लाख ८२ हजार रहेको निर्माण समितिका अध्यक्ष भक्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेतले निर्वाचन क्षेत्र– १ अन्तर्गत अरु चारवटा गाविसमा पनि यस्तै नमुना एकीकृत विकास कार्यक्रम निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले सिन्धुपाल्चोकको यो नमुना कार्यक्रम अरु जिल्लाका लागि पनि नमुना बन्ने बताउनुभयो

वि.सं.२०७३ माघ १८ मंगलवार ११:३८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...