back
CTIZAN AD

अखिलले देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

वि.सं.२०७३ माघ १८ मंगलवार

960 

shares

१८ माघ,काठमाडौँ । अनेरास्ववियुले आज देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ ।

स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडेको हो ।

उहाँले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताउनुभयो ।

यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शङ्कर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले जानकारी गराउनुभयो ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले कुटपिटमा आफ्नो सङगठनको संलग्नता नभएको स्पष्ट पार्नुभएको छ । “पढाइरहेको बेला कक्षा कक्षामा गएर उहाँहरुले झन्डा गाड्ने कार्यक्रममा सहभागी हुनुहोस् भनेर उर्दी जारी गर्नुभयो,” उहाँले भन्नुभयो – “त्यसैक्रममा पढिरहेका विद्यार्थीले प्रतिवाद गर्दा झडप भएको हो ।”

वि.सं.२०७३ माघ १८ मंगलवार ११:३५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...