back
CTIZAN AD

कोरोना विरुद्धको खोपका कारण विवादमा तानिए बहराइनका लागि नेपाली राजदूत सुन्दास

वि.सं.२०७७ चैत १३ शुक्रवार

630 

shares

१३ चैत, काठमाडौं । सगरमाथा आरोहणका लागि बहराइनी राजकुमारसहितको टोलीले ल्याएको कोरोना विरुद्धको खोपका कारण बहराइनका लागि नेपाली राजदूत पदम सुन्दार विवादमा तानिएका छन् ।

बहराइनका राजकुमार मोहम्मद हमाद अल–खलिफासहितको टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ का स्थानीयवासीका लागि ल्याएको कोरोना विरुद्धको खोप दूतावासद्धारा ‘अष्ट्राजेनेका’ भनेर विज्ञप्ति जारी गरिए पनि त्यो चिनियाँ कम्पनी सिनोफार्मको रहेको परराष्ट्रका अधिकारीले बताएको बिहीबरको कान्तिपुर दैनिकमा समाचार छ ।

दूतावासले सगरमाथा आरोहण टोली बहराइनबाट हिँडेपछि फोटो तथा खोपका बारेमा लेख्दै विज्ञप्ति नै जारी गरेको थियो । तर, थाहै नभएको विषयमा विज्ञता देखाउन वा हतारमा कुटनीतिक प्रभाव–पहुँच देखाउन मनमास्थित दूतावासले गलत सूचनाको विज्ञप्ति निकालेको आशंकामा राजदूत सुन्दास अनुसन्धानमा परेका हुन् ।

उता राजदूत सुन्दासले उक्त टोलीले नेपाल उड्नु अघिल्लोदिन खोप लैजान लागिएको जानकारी गराएको र त्यसबारे १४ तारिखमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको बताएका छन् । त्यहाँबाट स्वास्थ्य मन्त्रालय हुँदै खोपको सूचना प्रवाह नहुँदा समस्या जन्मिएको सुन्दासले बताएका छन् ।

संवेदनशील र मानवीय गम्भीर स्वास्थ्य स्थितिमा प्रयोग गर्नुपर्ने खोपको विषयमा परराष्ट्रमन्त्रालयसहितको अनुमति लिनुर्निेमा त्यसो नगरेको पाइएको छ । ‘हाम्रो स्वीकृतिबिनै खोप आएपछि हामीले छानविन थालेका थियौं, यो त सिनोफार्म खोप पो रहेछ,’ महानिर्देशक भरत भ!राईले भने, ‘खोपलाई निगरानीमा राखेका छौं ।’

वि.सं.२०७७ चैत १३ शुक्रवार ०८:५४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...