
१३ चैत्र, रुपन्देही । नेकपा(माओवादी केन्द्र)ले पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई स्पष्टीकरण सोधेको छ ।
बिहीबार लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनी पत्र पठाएको छ ।
न्यौपाने र पन्थी माओवादी केन्द्र छाडी नेकपा एमालेमा लागेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् ।
उक्त बैठकले संसदीय दलको प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ भने प्रदेशको नामाकारण र स्थायी राजधानीसमेत निर्धारण भैसकेको स्थ्तििमा दलको विधान संसोधन गरी पारितसमेत गरेको छ ।