back
CTIZAN AD

माओवादी छाडेर एमालेमा लागेकालाई अर्थमन्त्री बनाउँदै मुख्यमन्त्री राई

वि.सं.२०७७ चैत १३ शुक्रवार

603 

shares

१३ चैत्र, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

मुख्यमन्त्री पद सुरक्षित भएपछि राईले मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् । प्रदेश १ मा सातवटा मन्त्रालय छन् । नयाँ मन्त्रीहरूको आजै दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्तासँगै अल्पमतमा परेका मुख्यमन्त्री राईको सरकार सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिने घोषणा गरेसँगै राईको सरकार मजबुत भएको छ ।

विस्तारित मन्त्रिमण्डलमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुने भएका छन्। नेकपा विभाजित हुँदा प्रचण्ड नेपाल समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइने भएको स्रातले जनाएको छ।

त्यस्ैगरी हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री, राम राना कृषिमन्त्री हुने भएका छन्। कला घले र राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन्।

वि.सं.२०७७ चैत १३ शुक्रवार ११:२७ मा प्रकाशित

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...