back
CTIZAN AD

पहिलो पटक गाउँमा बस पुग्दा फुलमालाले स्वागत, स्थानीयवासीमा खुशियाली

वि.सं.२०७७ चैत १३ शुक्रवार

642 

shares

 १३ चैत्र, हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुबाहक बस पुग्दा स्थानीयवासी खुशी भएका छन् । भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका हुन् । स्थानीयवासीले कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस, चालक र सहचालकलाई फुलमालाले समेत स्वागत गरेका छन् ।

जिल्लाको चङ्खेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले गत फागुन १८ गते अदानचुली, ताँजाकोटलगायतका नागरिकलाई ल्याएर बस सुर्खेत हुँदै २० गते बाजुराको कोल्टीमा पुगेको हो । यसभन्दाअघि हुम्ला र बाजुरामा बोलेरो जीप सञ्चालन भए पनि उक्त क्षेत्रमा पहिलो पटक ३० सिट भएको यात्रुबस पुग्दा गाउँगाउँमा खुशीयालीसँगै फूलमाला र अबिर जात्रासमेत गरे तर उक्त जात्रा बोलेरो जीपको एकाधिकार तोडिदिएको छ ।

गत मङ्सीर २७ गते हुम्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् छक्कबहादुर लामासहित जिल्लाका उच्चपदस्थको टोलीले अनुगमन गरेपछि विधिवत्रुपमा बाजुराको धुलाचौरदेखि हुम्ला सर्केगाडको बालुकुनासम्म सडक सञ्चालन गर्ने निर्णय गरेसँगै त्यसको ठीक ३० दिनपछि पुस २८ गते सार्वजनिक यातायात व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको अध्यक्षतामा धुलाचौरमा बसेको बैठकले यात्रुबाहक जीप १२ वटा र मालबाहक मझौला ट्रक चार वटा सञ्चालन गर्ने निर्णय ग¥र्यो तर ठूला बस सञ्चालन गर्ने नगर्ने निर्णय भने गरेको थिएन ।

त्योसँगै धुलाचौरबाट ताँजाकोट, अदानचुली बालुकुनासम्मका लागि बाजुराका यातायात प्रालीले १२ वटा जीप सञ्चालन गर्न थाले । त्यहाँ जुन अगाडि पुग्यो उही जीपको नम्बर लाग्ने गरेपछि जीप धेरै यात्रु थोरै हुँदा जीप धुलाचौरमै एक÷दुई दिन बस्न थाले । यात्रु नपाएर जीप त बसिरहेका अवस्थामा ३० सिट भएको यात्रुबाहक बस आउँदा जीप मालिकले उक्त बसलाई पनि हामीकै नम्बरकै आधारमा हिँड्नुपर्ने नभए चल्न नदिने भन्दै धेरै दिन चल्न दिएनन् ।

उता बस मालिक दन्तबहादुर शाहीले भने, “यात्रु भए पनि नभए पनि दैनिक दिन बस सञ्चालनमा आउने छ । बस सञ्चालनमा आउन थालेपछि ती जीपले यात्रु नै नपाउने भएपछि जीप मालिक मर्कामा पर्न थाले । त्यसपछि बसलाई ठप्प गर्ने निर्णय गरे त्यसभन्दापछि बसलाई चल्न दिएनन् यदि चल्ने हो भने हामीको जस्तै नम्बरका आधारमा चल्नुपर्ने भन्दै ठप्प गरे ।

यता धुलाचौरमा चार वटा यातायात प्राली सञ्चालनमा भए पनि उनीहरुले प्रतिस्पर्धाका आधारमा नभई मिलेर एकपछि अर्को जीप छुट्ने रुटिङअनुसार चल्न थालेपछि यात्रुलेसमेत सास्ती खेप्नुपर्ने बाध्यता छ । जीप धेरै छन् एक बस पनि सञ्चालनमा छ तर पनि कोल्टीबाट आएका नागरिक बाध्य भएर धोलाचौरमा एक÷दुई दिन बस्नैपर्ने बाध्यता रहेको छ ।

उक्त बसलाई धुलाचौर चल्न नदिने भए पनि बस घाटामा गइरहेको छ, केही दिनअघि मात्र नेपाली सेनाले बालुकुनादेखि सलीसल्लासम्मको सडकको सामान्य बाटो खुलेपछि उक्त ३० सिट भएको यात्रुबाहक बस नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोरको अन्तिम पोइन्ट सलीसल्लामा पुगेपछि त्यहाँ स्थानीय नागरिकले बाजागाजासहित स्वागत गरेका छन् । कर्णाली प्रदेश ००६ ख ०४०२ को बस चङ्खेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले आफ्नै जन्म स्थानमा यात्रुबाहक बस पु¥याए पनि बस सञ्चालनमा समस्या भएको सञ्चालक शाहीले गुनासो गरे ।

यसअघि गाउँमा रिजर्भ गरी साना सवारी साधन चल्ने गरेको थियो । सडक स्तरोन्नती गरेर गाउँघरलाई शहरसम्म जोड्ने प्रयास गरिएको बताइएको छ । “ठूलो काम त यो होइन तर सजिलो पनि छैन । पहिलो पटक यात्रुबाहक बस गाउँमा ल्याइयो अब नियमित गर्ने प्रयास गर्छौ” शाहीले भने, “जनप्रतिनिधि र स्थानीयवासीको माग आएकाले वस सेवा सुचारु गरिएको छ तर बस सञ्चालनमा अहिले पनि धेरै समस्या देखिएको छ ।” रासस

वि.सं.२०७७ चैत १३ शुक्रवार १४:०२ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...