
१४ चैत्र, काठमाडौँ । चैत्र १८ गते देखि २३ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुमा संचालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित गरिएको छ ।
प्रदेश नं २ हरिवन नगरपालिका कार्यालयले सूचना जारी गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अनुसार कोभिड १९ को संक्रमण र त्यसबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकोले शिक्षण संस्थाहरुमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना तत्कालका लागि नगर्न नगराउन अनुरोध भए अनुसार प्रतियोगिता अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरिएको जनाइएको छ ।