
१४ चैत्र, काठमाडौं । महालक्ष्मी विकास बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।