back
CTIZAN AD

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको चरणमा

वि.सं.२०७७ चैत १४ शनिवार

588 

shares

१४ चैत्र, गलकोट । बागलुङको बलेवा विमानस्थल कालोपत्रको चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्रका लागि पूर्वाधारको सम्पूर्ण काम सकिएको छ । विमानस्थलको तारबार, नाली तथा ग्राभेलको काम सकिएको र अब कालोपत्रको मात्रै काम बाँकी रहेको छ ।

विमानस्थललाई बाह्रै महीना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत वर्षका फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दीका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।

धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्र लागि पूर्वाधार निर्माणको काम प्रारम्भ गरिएको थियो । यही वैशाखभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने तयारीका लागि लागेको निर्माण कम्पनीले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले कालोपत्र गर्नका लागि काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको थियो । वैशाखभित्र कालोपत्र सम्पन्न गरी जेठमै हस्तान्तरण गर्ने काष्ठमण्डप उमा एण्ड कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए। “अहिले विमानस्थलको कालोपत्रबाहेक सबै पूर्वाधार निर्माण सम्पन्न भएको छ, कालोपत्रका लागि प्लान्ट राख्ने तयारी थालिएको छ”, उनले भने, “वैशाखभित्रै विमानस्थल कालोपत्र गरेर सक्ने तयारी छ, अहिलेसम्म बेस, सब बेश, नाली तथा तारबारको काम सकिएको छ, कालोपत्र बिछ्याउन मात्रै बाँकी हो ।”

छब्बिस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालन आएर नेपाल एरलाइन्स तथा तारा एरलाइन्सले केही महीना उडान भरे पनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । बागलुङ–१४ नारायणस्थानमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरे पनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनःबन्द भएपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्र गर्न थालेको हो ।

साविक धौलागिरि अञ्चलको बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवा प्रदान गर्ने गरी प्राधिकरणले धावनमार्ग कालोपत्र गर्न लागेको हो । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । वर्षातको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या रहेको थियो । कालोपत्र गरेर विमानस्थल सञ्चालनमा आउने भएको हो ।

वि.सं.२०७७ चैत १४ शनिवार १३:१४ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...